TodayPati

भ्रष्टाचारको जालो काट्न कृष्णाले रोजे ‘कैँची’

टुडेपाटी-
जनकपुरधाम, असोज २७ गते ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रनितिधिसभा सदस्यका स्वतन्त्र उम्मेदावर चर्चित हास्य कलाकार कृष्णकुमार महतोले चुनाव चिन्ह कैंची रोजेका छन् । उनले देशमा व्याप्त भ्रष्टाचार, अपराध र विकृति विसंगतीको जालो काट्न चुनाव चिन्ह कैंची रोजेको बताए ।

‘वर्तमान अवस्थामा समाजको भलो गर्ने नाउँमा राजनीतिक दलका नेताहरुले सर्वसधारण जनताको मत प्राप्त गरेर भ्रष्टाचार र अपराधमा चुुर्लम डुबेको छ । त्यसको जालो काट्न कैंची चुनाव चिन्ह रोजेको हुँ’, उम्मेदावर कृष्णले भने ।

Sponsored

उनले अब यो समाजको सोझासिधा जनतालाई ठगिनबाट जोगाउँन वास्विक विकासको मुलधारमा रहेर काम गर्ने बताए । ठग फटाहालाई तह लगाउन तथा समाज सुधारका काम गर्न आफूले स्वतन्त्र उम्मेदवारी दिएको कृष्णाको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *