राजेन्द्र महतो छैनन् सत्ता गठबन्धनको साझा उम्मेदवार
टुडेपाटी-
सर्लाही, असोज २६ गते ।
सर्लाही २ मा चार दलीय सत्ता गठबन्धनको साझा उम्मेदवार महेन्द्र राय यादवरहेको जनाइएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट यादव साझा उम्मेदवार भएको विज्ञप्तिमाफर्त जानकारी गराएको हो ।
चुनावी तालमेलमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट राजेन्द्र महतो उम्मेदवार छन् । महतो र यादव मध्ये सत्ता गठबन्धनको साझा उम्मेदवारबारे अन्योल भएपछि चार दलले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
यस्तै सर्लाही २ को क मा सुनिल साह र ख मा कौशलकिशोर राय यादव भएको विज्ञप्तिमा उल्लेख छ ।
Sponsored