TodayPati

यातायात कार्यालय बर्दिबासका प्रमुखले पदबाट राजीनामा दिएर प्रतिनिधिसभामा दिए स्वतन्त्र उम्मेदवारी

टुडेपाटी–
महोत्तरी, असोज २४ गते ।

यातायात कार्यालय महोत्तरी बर्दिबासका प्रमुख पोषण थापाले पदबाट राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् ।

महोत्तरी क्षेत्र नं १ बाट उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । थापा अधिकृत छैटौं पदमा कार्यालयको प्रमुख जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Sponsored

लामो समय सरकारी सेवामा कार्यरत रहे पनि जनताकै मर्म र भावनाअनुरुप चुस्त दुरुस्त सेवा दिँदै आएकाले जनताकै सेवाका लागि उम्मेदवारी दिएको उनले बताए ।

महोत्तरी क्षेत्र नं १ मा सत्ता गठबन्धनका तर्फबाट गिरिराजमणि पोखरेल र एमालेबाट लक्ष्मी महतोले उम्मेदवारी दर्ता गराएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *