महोत्तरी क्षेत्र २ (क) प्रदेशसभामा मञ्जु यादव सत्ता गठबन्धनबाट दिइन् उम्मेदवारी
टुडेपाटी-
जनकपुरधाम, असोज २४ गते ।
महोत्तरीको क्षेत्र नं. २ (क) प्रदेशसभामा सत्ता गठबन्धनको तर्फबाट मञ्जु यादवले उम्मेदवारी दर्ता गराएकी छन् । निवर्तमान प्रदेश सांसद समेत रहेकी यादव पाँचदलीय गठबन्धन घटक नेकपा एकीकृत समाजवादीबाट प्रदेशसभामा मनोनयन दर्ता गराएकी हुन् ।
उनी प्रदेशसभामा अब्बल वक्ताको रुपमा आफ्नो पहिचान स्थापित गरेकी छन् । एमालेको निकट अखिल विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेकी मञ्जुलाई २०७४ मा एमालेले समानुपातिकबाट प्रदेशसभा सदस्य बनाएको थियो ।
एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा असंवैधानिक रुपमा प्रतिनिधिसभा दुई पटक विघटन गरेपछि मञ्जु माधवकुमार नेपाल पक्षको कित्तामा उभेर त्यसको चर्को विरोध गरेकी थिइन् । एमाले विभाजन भएपछि उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेकी छन् ।