TodayPati

यातायात व्यवसायी युवा रामदुलार सर्लाही क्षेत्र नं. १ मा स्वतन्त्र पार्टीबाट उम्मेदवार

टुडेपाटी-
जनकपुरधाम, असोज २४ गते ।

जनकपुरधाममा बसेर यातायात व्यवसाय गर्दै आएका युवा राम दुलार महतो (राम सिंह) राष्ट्रिय स्वतन्त्र पार्टीबाट सर्लाही क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् ।

अगामी मसिंर चार गते हुने निर्वाचनका लागि पूर्व पत्रकार रवि लामिछानेको पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन् ।

Sponsored

सो क्षेत्रमा तत्कालिन राजपाबाट अप्रत्यासित रुपमा निर्वाचित हाल जसपाका नेता प्रमोद साह एमाले र जसपाको गठबन्धनबाट उम्मेदवार छन् । सत्ता गठबन्धनबाट लोसपाले टिकट पाएको छ ।

सिंहले कांग्रेस, माओवादी र एमाले जस्ता मुख्य तीनैदलको उम्मेदवार नरहेकाले त्यस दलका नेता कार्यक्रताहरुले आफूलाई मत दिने दावी गरेका छन् । दलहरुको रबैयाले उम्मेदवारी समेत दिन सक्ने अवस्था हराउदै गएको र जनतामा निराशा छाएकाले युवाहरुको आग्रहमा आफू उम्मेदवार बनेको उनको तर्क छ । उलने आफू जित्ने दावी समेत गरे ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *