राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण
टुडेपाटी-
जनकपुरधाम, असोज २४ गते ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाव परिक्षण गरिएपछि उनको रिपोर्ट पोजेटिभ आएको श्रोतले बताएको छ ।
राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि गत असोज २२ गते उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको स्वास्थ्यमा सुधार देखिएको चिकित्सकले बताएको छ ।