धनुषा ४ (ख) प्रदेश सभामा सत्ता गठबन्धनबाट सत्रुधन महतोले दिए उम्मेदवारी
टुडेपाटी-
जनकपुरधाम, असोज २४ गते ।
धनुषा ४ (ख) प्रदेश सभा क्षेत्रमा नेकपा एकीकृत समाजवादीबाट सत्रुधन महतोले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको संयुक्त उम्मेदवारको रुपमा प्रदेश सरकारका वन पर्यटन तथा वातावरण मन्त्री समेत रहेका महतोले मनोनयन दर्ता गराएका हुन् ।
महतो सोही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित निवर्तमान प्रदेश सभा सदस्य हुन् । उनी २०६४ यता सो क्षेत्रबाट दुईपटक संविधानसभा सदस्य र एकपटक प्रदेश सांसदमा चुनाव जितिसकेका छन् । यो क्षेत्रमा गरेको राम्रो विकास, सुखदुखमा जनताको साथ र बलियो गठबन्धको उम्मेदवार भएकाले अगामी मंसिर ४ को चुनावमा सहजै जित निकाल्ने उनले बताए ।
यो प्रदेशसभा क्षेत्रमा नेकपा एमालेबाट मिथिला नगरपालिकाका पूर्व मेयर हरिनारायण महतो र जनता समाजवादी पार्टी (जसपा)बाट चन्देश्वर महतोले उम्मेदवारी दर्ता गराएका छन् ।
सत्ता गठबन्धनबाट धनुषा ४ मा काँग्रेस सह महामन्त्री महेन्द्र यादव र ४ (क)मा शेषनारायण यादव उम्मेदवार छन् ।
Sponsored