सर्लाही ४ मा कांग्रेस नेता अमरेश सिंहले दिए स्वतन्त्र उम्मेदवारी
टुडेपाटी-
जनकपुरधाम, असोज २३ गते ।
नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले सर्लाही ४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पार्टीले टिकट नागेन्द्र रायलाई दिएपछि नेता सिंहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
सिंह सर्लाही ४ का निवर्तमान सांसद हुन् । पार्टीले अयोग्य व्यक्तिलाई उम्मेदवार बनाएपछि आफूले उम्मेदवारी दिएको उनले दावी गरे ।
उनले आफू स्वतन्त्रबाट पनि जित्ने दावी गरेका छन् । अमरेश सो क्षेत्रका प्रभावशाली नेता मानिन्छन् ।