राजेन्द्र महतोले सर्लाही २ बाट दर्ता गराए उम्मेदवारी
टुडेपाटी–
जनकपुरधाम, असोज २३ गते ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही दुईबाट उम्मेदवारी दर्ता गराएका छन् ।
सत्ता गठबन्धनको तर्फबाट सर्लाहीमा सिट पाएपछि महतो उम्मेदवारी दर्ता गराएका हुन् । उनी यस अघि धनुषा ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
यस्तै प्रदेशसभा तर्फ सर्लाही २ को क बाट नेपाली कांग्रेसका जगीलाल राय र २ को ख बाट लोसपाका मेथुर तौधरीले उम्मेदवारी दर्ता गराएका हुन् ।