पत्रकार महासंघ धनुषा र सिरहाका पूर्व अध्यक्ष स्वतन्त्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दिँदै
टुडेपाटी–
जनकपुरधाम, असोज २३ गते ।
नेपाल पत्रकार महासंघ धनुषा र सिरहाका पूर्व अध्यक्ष प्रतिनिधिसभाका लागि स्वतन्त्रबाट उम्मेदवारी दिन लागेका हुन् ।
आज हुन लागेको उम्मेदवारी दर्तामा धनुषा शाखाका पूर्व अध्यक्ष उमेश साह धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट र सिरहा शाखाका पूर्व अध्यक्ष देवकुमार यादव सिरहा २ बाट उम्मेदवारी दिन लागेका हुन् ।