चुनावको दिन गाडी चलाउन पाइने
टुडेपाटी–
काठमाडौं, असोज २२ गते ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन हुने भएका छन्।
शनिवार निर्वाचन आयोगले पत्रकार सम्मेलन आयोजना गर्दै अघिल्ला निर्वाचनमा जस्तो अनुमति लिएका सवारीसाधन मात्रै सञ्चानल गर्ने व्यवस्था यसपटक नरहेको जानकारी दिए ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सामान्य दिनमा जस्तैगरी सावारी सधान सञ्चानल नभए पनि यातायात व्यवस्था विभाग, यातायात व्यवसायी महासंघ, गृह मन्त्रालयसँगको समन्वयमा यातायातका साधानलाई सञ्चालन अनुमति दिइने बताए ।