माओवादीले टुंग्यायो मधेशका चार जना उम्मेदवार
टुडेपाटी–
काठमाडौं, असोज २२ गते ।
नेकपा माओवादी केन्द्रले मधेश प्रदेशमा प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने चार जना उम्मेदवारको नामको टुंगो लगाएको छ ।
यस्तै दुई उम्मेदवारको अझै टुंगो लाग्न बाँकी छ ।
गठबन्धनमा भएको भागवण्डामा माओवादीले मधेश प्रदेशका ३२ मध्ये ६ सिट पाएको छ ।
त्यसमध्ये धनुषा १ मा मात्रिका यादव, सिराहा ३ मा विश्वनाथ साह, महोत्तरी १ मा गिरिराजमणि पोखरेल र सर्लाही २ मा महिन्द्र राय यादवलाई उम्मेदवार बनाउने तय भएको छ ।
सर्लाही ३ र रौतहट ३ का लागि उम्देवार तय अहिले नभएको सचिव गणेश साहले जानकारी दिए ।
Sponsored