TodayPati

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

टुडेपाटी–
काठमाडौं, असोज २२ गते ।

राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन् । शुक्रवारदेखि स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् ।

उनका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति भण्डारीलाई रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना भएको जानकारी दिए ।

Sponsored

अस्पताल उपनिर्देशक डा निरज बमका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *