TodayPati

गायक अम्रेश सिंहको अर्को मैथिली गीत ‘केहन जादु’ बजारमा

टुडेपाटी-
जनकपुरधाम, असोज २२ गते ।

स्वास्थ्यकर्मी समेत रहेका युवा गायक अम्रेश सिंहको स्वरको अर्को मैथिली गीत, केहन जादु, बजारमा आएको छ । धनुषाको बटेश्वर गाउँपालिका २ का बासिन्दा अम्रेशले आफ्नै स्वरमा रोमान्टिक गीत ‘केहन जादु’ शुक्रबार सार्वजनिक गरेका हुन् ।

साधु शरणले रचना गरेको सो गीत जनकपुरको रिदम स्टुडियोमा रेकर्डिङ गरिएको छ । गीतमा संगीत संगीतकार दिपेन्द्र साहले दिएका छन् भने रेकर्डिङ, कम्पोज मिक्सिङमा पनि उनको भूमिका छ । गायक अम्रेशका दाई रामवरण महतो प्रोडयुसर रहेको सो गीतको छयांकन, क्यामेरा र सम्पादन सीके चन्दन कुमारले गरेका छन् ।

Sponsored

यस अघि उनको स्वरमा तुमसे ही हिन्दी कभर गीत, मैथिली छठ गीत, झिझिया गीत बजारमा आइसकेको छ ।
गीती क्षेत्रमा बढ्दै गएको अशलीलतालाई चिर्न आफू नयाँ नयाँ सुमधुर गीतहरु श्रोता दर्शकमाझ ल्याउने प्रयासरत्त रहेको गायक अम्रेशले बताए ।

यहाँ क्लिक गरेर हेर्न र सुन्न सकिन्छ केहन जादु गीत

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *