TodayPati

सत्ता गठबन्धनमा जसपा ‘आउट’, लोसपा ‘इन’

टुडेपाटी-
जनकपुरधाम, असोज २२ गते ।

मागेजति भागवण्डा नपाएपछि जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिएको छ । जसपा बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सत्ता गठबन्धनमा प्रवेश पाएको छ ।

५ पुस २०७७ को प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका बेलादेखि उपेन्द्र यादव नेतृत्वको यो समूह यो गठबन्धनमा थियो । दोस्रो विघटनपछि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालत गएको यो पक्ष २८ असारमा संसद पुनर्स्थापनापछि देउवा सरकारमा गएको थियो । साउनमा जसपा विभाजन भएपछि पनि उपेन्द्र यादव पक्ष गठबन्धनमा रहिरह्यो ।

Sponsored

जसपाले प्रतिनिधिसभामा १६ सिट पाउने निश्चित जस्तो भएको थियो । तर, सिट बाँडफाँटप्रति असन्तुष्टि जनाएको

उसले अरु दलसँग तालेमल गर्ने ढोका खोल्यो । यद्यपि बिहीबार साँझसम्म जसपाका नेताहरु सत्ता गठबन्धनको बैठकमा सहभागी भएको थियो । बिहीबारदेखि नै जसपा एमालेसंग चुनावी तालमेल गर्न छलफलमा छ । सहमति अन्तिम चरणमा पुगेको जसपाका नेताहरुले बताएका छन् ।

अगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावको लागि केहि सिट पाउन लोसपा सत्ता गठबन्धनमा पुगेको छ । यधपी लोसपाले कुन कुन क्षेत्र पाउने भन्ने अहिलेसम्म टुंगो लागेको छैन । शनिबार टुंगो लाग्ने बताइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *