TodayPati

मधेश प्रदेश : दसैँ अवधिमा सवारी दुर्घटनामा परेर २८ जनाले गुमाए आफ्नो ज्यान

टुडेपाटी–
जनकपुरधाम, असोज २१ गते ।

मधेश प्रदेशमा दसैँ अवधिमा विभिन्न सवारी दुर्घटनामा परेर २८ जनाले आफ्नो ज्यान गुमाएका छन् ।

असोज १५ गतेदेखि २० गतेको अवधिमा मधेशको विभिन्न जिल्लामा १६२ वटा सवारी दुर्घटना हुँदा ३१३ घाइते भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।

Sponsored

शनिवारदेखि बिहिबारसम्ममा भएको सवारी दुर्घटनामा १५ जना पुरुष, ९ महिला र ४ बालबालिकाको मृत्यु भएको छ ।

यस्तै ३१३ जना घाइते भएका छन् । घाइतेहुनेमा २०८ जना पुरुष, ५३ महिला र ५२ बालबालिका रहेका छन् ।
बारामा सबैभन्दा बढी २० जनाले आफ्नो ज्यान गुमाएका छन् । जसमा १० जना पुरुष, ८ जना महिला र २ जना बालबालिका रहेका छन् । यस्तै दुर्घटनामा परेर ५० जना घाइते भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै रौतहटमा ३, महोत्तरीमा २, सिरहा, धनुषा र सर्लाहीमा १÷१ जनाले सवारी दुर्घटनामा परेर आफ्नो ज्यान गुमाएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *