TodayPati

यी हुन मधेशको प्रदेशसभा बैठकमा सबैभन्दा बढी बोल्ने सांसद

टुडेपाटी–
जनकपुरधाम, असोज २१ गते ।

मधेश प्रदेशको प्रदेशसभामा कुल २२८ वटा बैठक बस्दा दुई जना सांसद मात्र एक सयभन्दा बढी पटक बोलेका छन् ।

बढी बोल्ने दुबै सांसद नेतृत्वको पार्टी सरकारमा सहभागी भएको पार्टीका सांसद हुन् । प्रदेशसभा सचिवालयका अनुसार सबैभन्दा बढी नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले १४० पटक सदनमा बोलेका हुन् ।

Sponsored

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका सांसद परमेश्वर साह सुडी १०१ पटक सदनमा आफ्नो धारणा राखेका हुन् ।

यस्तै जनता समाजवादी पार्टी नेपालका सांसद ज्ञानेन्द्र कुमार यादव ९० पटक, रामअशिष यादव ८० पटक सदनमा बोलेका हुन् । यस्तै नेकपा एमालेबाट सांसद बनेका एवं नेकपा एसमा गएर पुनः एमालेमै फर्केका सुन्दरबहादुर विश्वकर्मा समेत ८० पटक संसदमा बोलेका हुन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *