TodayPati

धनुषामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

टुडेपाटी-
जनकपुरधाम, असोज २० गते ।

अगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावका लागि धनुषामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

जनकपुरधामको निधि भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको हो ।

Sponsored

सो कार्यालयको एक समारोहबीच धनुषा जिल्लाका मुख्य निर्वाचन अधिकृत, धनुषा जिल्ला अदालका मुख्य न्यायाधीश ब्रजेश प्याकुरेलले गरेका छन् ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरे सहितका सुरक्षा अधिकारी सहितका अधिकारीहरू उपस्थिति रहेको थियो ।

प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावका लागि असोज २३ र २४ गते मनोनयन पत्र दर्ता गर्ने भएकाले मुख्य निर्वाचन अधिकृत तथा अन्य निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना गरिएको छ ।

Sponsored

धनुषा जिल्लामा ४ प्रतिनिधि सभा तथा ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *