पूर्व राष्ट्रपतिका छोराले समानुपातिकको बन्द सूचीबाट नाम फिर्ता लिन आयोगमा दिए निवेदन
टुडेपाटी–
जनकपुरधाम, असोज १७ गते ।
नेपाली कांग्रेसका नेता एवं पूर्व राष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन यादवले प्रतिनिधिसभा तर्फ समानुपातिकको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिन निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
बरियता क्रम नमिलाई आफ्नो नाम बन्दसूचिमा राखेको भन्दै उनले आफ्नो नाम फिर्ता लिन सोमबार आयोगमा निवेदन दिएका हुन् ।
‘मैले प्रतिनिधिसभाको सदस्यको लागि आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा पार्टीको निर्देशन अनुसार सामानुपातिक तर्फ नामांकन गरेको थिएँ । तर पार्टीले कायम गरेको विधि विपरीत मेरो उम्मेदवारीलाई बन्दसूचीमा वरियताको उपयुक्त क्रम नमिलाई निर्वाचन आयोगमा पेश गरिएकाले म आफ्नो नामांकन फिर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छु’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
डा. शेखर कोइराला पक्षाका मानिने नेता यादवको नाम धनुषा क्षेत्र नं. ४ बाट मधेशीतर्फ सिफारिस भएको थियो । उनले आफ्नो उम्मेदवारीलाई मधेसी समूहमा क्रम संख्या २ को सट्टा ३ नम्बरमा राखिएको भन्दै उनले असन्तुष्टी जनाएका हुन् ।
Sponsored