TodayPati

मधेश प्रदेश : एमाले र माओवादीका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

टुडेपाटी–
सर्लाही, असोज १५ गते ।

सर्लाहीमा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको हरिवनमा शनिबार दिउँसो झडप हुँदा ३ जना घाइते भएका छन् ।

घाइते तीनै जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । ३ जना घाइतेमध्ये घाइते शेष बच्चु काठमाडौँ र अर्का घाइते शेष इस्तियारलाई वीरगन्ज पठाइएको छ ।

Sponsored

हरिवन नगरपालिका–११, स्थित पाडा बजारमा भएको झडप नियन्त्रण गर्न प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको छ । अश्रुग्याँस प्रहार गरेपछि भीड तित्तरबित्तर भई स्थिति सामान्य बनिसकेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

प्रहरीले दिउँसो भएको झडपको घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । बजारमा कौडी उठाउने विषयलाई एमाले र माओवादीका कार्यकर्ताले राजनीतिक ‘इसु’ बनाइरहेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *