TodayPati

मधेश प्रदेशमा प्रचण्ड सबै जिल्लाबाट सिधै रिपोर्टिङ लिने

टुडेपाटी–
जनकपुरधाम, असोज १४ गते ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशको पार्टीको अवस्थाबारे जिल्ला तहबाटै रिपोर्टिङ लिने भएका छन् ।

मधेश प्रदेश कमिटी बन्न नसकेपछि यस प्रदेशका ८ जिल्लाको चुनावी गतिविधि र पार्टीका अन्य काम कारबाही प्रचण्डले सिधै जिल्लाबाट लिने भएका हुन् ।

Sponsored

आगामी मङ्सिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा चुनावको अवधिभर प्रचण्डले मधेसका ८ जिल्लाको अवस्थाको सिधै केन्द्रबाट हेर्ने पार्टीका पोलिटब्यूरो सदस्य विश्वनाथ साहले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “मधेश प्रदेशमा प्रचण्ड सबै जिल्लाबाट सिधै रिपोर्टिङ लिने

  • October 1, 2022 at 8:05 am
    Permalink

    अब अझै झोले (चम्चा ) बढ्ने भो मधेस मा

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *