TodayPati

डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो

टुडेपाटी–
काठमाडौं, असोज १२ गते ।

डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार यस वर्ष असोज ११ गतेसम्म मृतकको संख्या ३६ पुगेको छ भने संक्रमितको संख्या २७ हजार ५६९ पुगेको छ ।

Sponsored

तथ्यांकअनुसार सबैभन्दा धेरै काठमाडौंमा नौ हजार ४९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ६ हजार ४९८ र भक्तपुरमा एक हजार ७६ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १७ हजार ७० पुगेको छ ।

उपत्यकाबाहिर मकवानपुरमा दुई हजार ६९१ जनामा संक्रमण देखिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *