चुनाव लड्न राजीनामा दिएका दीपेन्द्र झाको राजीनामा स्वीकृत
टुडेपाटी–
जनकपुरधाम, असोज ११ गते ।
प्रतिनिधिसभाको निर्वाचनमा लड्नका लागि राजीनामा दिएका मधेश प्रदेशका मुख्यन्यायधिवत्ता दीपेन्द्र झाको राजीनामा स्वीकृत भएको छ ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १६० को उपधारा (४) को (क) बमोजिम राजीनामा स्वीकृत गरेका हुन् ।
मुख्यमन्त्री लालबाबु राउतमार्फत मुख्यन्यायधिवत्ता झाले पदबाट दिएको राजीनामा प्रदेश प्रमुख मिश्रले स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवले जानकारी दिए ।
मुख्यन्यायधिवत्ता झाले मुख्यमन्त्री राउतलाई गत १८ भदौ आफ्नो राजीनामा पत्र बुझाएका थिए । आगामी ४ मंसिरमा हुने निर्वाचनमा महोत्तरी–३ बाट उम्मेदवार बन्ने भएपछि झाले पदबाट राजीनामा दिएका थिए ।
Sponsored