TodayPati

मधेश प्रदेश : प्रदेश प्रमुख मिश्रद्वारा दुई वटा विधेयक प्रमाणीकरण

टुडेपाटी–
जनकपुरधाम, असोज ११ गते ।

मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख मिश्रले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ प्रमाणीकरण गरेका हुन् ।

Sponsored

नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुख मिश्रले दुबै विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *