TodayPati

बंगलादेशमा डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु

एजेन्सी

जनकपुरधाम, असोज ११ गते ।

बंगलादेशमा डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु भएको छ । उत्तरी बंगलादेशमा आइतबार डुंगा चढेर मन्दिर जाँदै गरेकाहरु दुर्घटनामा परेका थिए ।

Sponsored

बीबीसीका अनुसार डुंगामा १ सय भन्दा बढी यात्रु चढेका थिए । केही अझै पनि बेपत्ता रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । उनीहरुको खोजी भइरहेको छ ।

प्रारम्भिक रिपोर्ट अनुसार डुंगामा क्षमताभन्दा तीन गुणा बढी मानिसहरु सवार थिए ।

पञ्चगढ जिल्ला प्रशासक जहरुल इस्लामले डुंगा दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *