TodayPati

चुनावका लागि मधेश प्रदेशमा २३ हजार म्यादी प्रहरी खटाइने, कुन जिल्लामा कति ?

टुडेपाटी-
जनकपुरधाम, असोज १० गते ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि मधेश प्रदेशमा २३ हजार म्यादी प्रहरी खटाइने भएको छ । आठवटै जिल्लामा २३ हजार ७७१ म्यादी प्रहरी खटाइने मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमा सबभन्दा बढी धनुषामा ३ हजार ८८६ र सबभन्दा कम पर्सा जिल्लामा २ हजार ७ जना खटाइने छ ।

मधेश प्रदेश प्रहरी प्रवक्ता सुमनकुमार तिमलसिनाका अनुसार सप्तरीमा ३ हजार २७८, सिरहामा २ हजार ८०९, धनुषामा ३ हजार ४८६, महोत्तरीमा २ हजार ८०१ म्यादी प्रहरी खटाइने छ । यस्तै सर्लाहीमा ३ हजार ३०७, रौतहटमा २ हजार ९३९, बारामा ३ हमजार १४४ र पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाने संख्या निर्धारण गरिएको छ ।

Sponsored

मधेश प्रदेशमा २३ हजार ७७१ म्यादी प्रहरीको लागि खोलेको भर्नामा ६२ हजार भन्दा बढीले आवेदन दिएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *