TodayPati

सर्लाहीबाट चुनाव लड्ने मुडमा राजेन्द्र महतो

टुडेपाटी–
जनकपुरधाम, असोज ८ गते ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो मतदाताको मुड मापनका लागि सर्लाही पुगेका छन् ।

२०७४ को निर्वाचनमा धनुषा–३ बाट चुनाव जितेका महतोलाई यसपटक सर्लाहीबाट चुनाव लड्न प्रस्ताव गरिएको छ । सर्लाही उनको गृह जिल्ला हो । सर्लाहीबाट उनको नाम केन्द्रमा सिफारिस पनि भइसकेको छ । जिल्लाको वास्तविक माहौल के हो भनेर बुझ्नका लागि उनी असोज ६ गतेदेखि सर्लाहीमा छन् ।

Sponsored

सर्लाही क्षेत्र नम्बर २, ३ र ४ बाट उनको नाम केन्द्रमा सिफारिस भएको छ । त्यसमा क्षेत्र नम्बर २ र ३ बाट उनको एकल नाम सिफारिस भएको छ । उता, धनुषा–३ बाट पनि उनको एकल नाम नै सिफारिस भएको छ । चुनावको मिति घोषणा हुनुभन्दा पहिलादेखि नै सर्लाहीका नेता तथा कार्यकर्ताहरू पटक पटक नेता महतो कहाँ डेलिगेसन लिएर गएका थिए । यसपटक सर्लाहीबाट चुनाव लड्न उनीहरुले आग्रह गरेका थिए ।

राजेन्द्र महतोका प्रेस सहयोगी किशोर गुरुले भने, ‘महतोजीलाई पहिलादेखि नै यहाँ (सर्लाही) का नेता तथा कार्यकर्ताहरू सर्लाहीबाट चुनाव लड्न आग्रह गर्दै आइरहनुभएको थियो । त्यसै बारेमा उहाँले जनतासँग विचार विमर्श गर्न यहाँ आउनुभएको छ ।’

महतो यस पटक पनि जनकपुरबाट नै चुनाव लड्ने तय भएको बताउँदै गुरुले त्यहाँ तयारी पनि भइरहेको जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *