TodayPati

लोसपा एमालेसँग चुनावी तालमेलको प्रयास गर्दै

टुडेपाटी–
काठमाडौं, असोज ७ गते ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा एमालेसँग चुनावी तालमेल गर्ने प्रयास गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विरोधमा उत्रिएको लोसपाले एमालेसँगै चुनावी तालमेल गर्ने प्रयास गरेको छ।

Sponsored

नागरिकता विधेयक र चुनावी मतलाई एउटै रूपमा हेर्न नहुने लोसपाका नेताहरूले तर्क गरेका छन्।

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले नागरिकता विधेयकलाई प्रमाणीकरण हुन नदिन एमाले, कांग्रेस, माओवादी सबैले षडयन्त्र गरेको जिकिर गरे।

महतोले भने, ‘हिजो एमालेले ल्याउँदा कांग्रेस र माओवादी मिलेर रोकेका हुन्। यस पटक एमालेले त्यसको विरोध गरेपछि राष्ट्रपतिबाट रोकियो ।’ यो प्रकरण चुनावसँग नजोडिने र आफुहरु सबैसँग तालमलेका लागि खुला रहेको बताए ।

Sponsored

उनले चुनावी तालमेललाई नीतिगत रूपमा हेर्न नमिल्ने समेत बताए। सत्ता गठबन्धनसँग तालमेलको सम्भावना सकिदै गएको उनले बताए।

लोसपाका कार्यकारिणी सदस्यल केशव झाले नागरिकता विधेयक प्रमाणीकरण नभएको विरोधमा आउनेलाई समर्थन गर्ने र एमालेसँगको तालमेल पनि अघि बढ्ने बताए।

एमालेसँगनै आफूहरूले चुनावी तालमेल हुने र यसका लागि प्रयास भइरहेको उनले बताए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *