असोज ११ गतेदेखि निर्वाचन आचारसंहिता लगाउने आयोगको तयारी
टुडेपाटी–
काठमाडौं, असोज ७ गते ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले असोज ११ गतेदेखि निर्वाचन आचारसंहिता लगाउने तयारी गरेको छ ।
निर्वाचन आयोग स्रोतका अनुसार आचारसंहिता पालनाको प्रतिबद्धता व्यक्त गर्न आइतबार दलहरुलाई हस्ताक्षरका लागि बोलाउने तयारी गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणसमेत हस्ताक्षरका लागि आयोग जाने भएका छन् ।