TodayPati

महोत्तरीका कुख्यात मिटरब्याजी अनिरुद्ध साह जेल चलान

टुडेपाटी-
जनकपुरधाम, असोज ६ गते ।

महोत्तरीका कुख्यात मिटरब्याजी अनिरुद्ध साह पुर्पक्षका लागि जेल चलान भएका छन् ।

महोत्तरी जिल्ला अदालतको आदेशमा उनलाई बुधबार साँझ जलेश्वर कारागार चलान गरिएको हो ।

Sponsored

न्यायाधीश हेमबहादुर सेनको एकल इजलासले उनलाई ठगी, अपराधिक बिश्वासघात, लिखत सम्बन्धी कसूर तथा संगठित अपराध मुद्दामा पुर्पक्षका लागि जेल चलान गरिएको अदालतका श्रेस्तेदार मदन प्रसाद जय सवालले जानकारी दिए ।
महोत्तरीको भंगहा नगरपालिका ५ सिद्धपुरका स्थायी बासिन्दा मिटरब्याजी अनिरुद्धलाइ प्रहरीले गत भदौ ४ गते उनको आफ्नै घरबाट पक्राउ गरेको थियो ।
उनले लामोसमय देखि चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरी गरिबको उठिवास गराउने धन्दा चलाएका थिए ।

गैरकानुनी रूपमा चर्को ब्याजदरमा भंगहा गरपालिकालगायत महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्म ऋण लगानी गरि करोडौंको अकुत सम्पति आर्जन गरेका छन् ।

मिटरब्याज तथा ठगी धन्दा चलाएर उनले ९३ विघा जग्गा जोडेको कागजात फेला परेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

Sponsored

साहको सम्पति छानविनको लागि सम्पत्ति सुध्दिकरण आयोगलाई समेत पत्राचार गरिने बताए ।

उनको घरबाट ठूलोमात्रामा ऋण लगानीको कपाली तमसुक तथा गरिब विपन्नको घरघडेरी आफ्नो नाममा गराएको कागजात बरामद भएको थियो ।
गरिब तथा विपन्न परिवारलाई परेको अप्ठ्यारोको मौका छोपेर चर्को ब्याजमा अर्थात् १२ गुणासम्मको तमसुक बनाउने, साँवाको ब्याजको स्याजसमेत असुल गर्ने र कानुनी प्रक्रियाबाट सम्पति हड्पने उनको लामो सयमदेखिको धन्धा थियो ।

यो धन्दामा उनका दाइ लक्ष्मण साहसहित घरपरिवारका सदस्य पनि संलग्न रहेको आरोप छ। आफूसहित परिवारका सदस्यलाई पनि साहुका रूपमा खडा गरी कपाली तमसुक बनाएर उनले ऋण लगानी गर्ने गर्दै आएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *