TodayPati

नगराईन नगरपालिकाको नगरपरिषद्को विरोधमा बहुमत सदस्य

टुडेपाटी–
जनकपुरधाम, असोज ५ गते ।

नगराईन नगरपालिकामा भएको नगरपरिषद्को बहुमत सदस्यले बहिस्कार गरेका छन् । विभिन्न माग राख्दै ५० जना सदस्य रहेकोमध्ये २७ जना परिषद् सदस्यले नगरपरिषदको बहिस्कार गरेका छन् ।

बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दे उपप्रमुख राधा देवी यादव, वडा नं. ८ का वडाध्यक्ष संजय कुमार राउत, वडा नं. ९ का वडाध्यक्ष राम प्रमोद राउत, वडा ६ का वडाध्यक्ष ललित साह, ५ का रामनारायण मुखियालगायत कार्यपालिका सदस्य, वडासदस्यहरुले नगरपरिषद्को विरोध गरेका हुन् ।

Sponsored

मेयर एकलौटी रुपमा आफुखुशी निर्णय गरेको तथा बहुमत सदस्यलाई वेवास्ता गरेको उनीहरुको आरोप थियो । उनीहरुले यस विरुद्ध आफुहरु अदालतमा जाने चेतावनी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *