राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरेको विरोधमा जनकपुरधाममा चक्काजाम
टुडेपाटी–
जनकपुरधाम, असोज ५ गते ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै उनको विरोधमा लोकतान्त्रिक समाजवादी पार्टीले जनकपुरधाममा चक्काजाम गरेको छ । लोसपाले जनकपुरधामको पिडारीमा चौकमा चक्काजाम गरेको हो ।
लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झाले राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।
राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरूले आन्दोलनको चेतावनी दिएका छन् ।