TodayPati

देश फेरि प्रतिगमनतिर जान सक्छ : पूर्वराष्ट्रपति यादव

टुडेपाटी–
जनकपुरधाम, असोज ५ गते ।

नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले देश फेरि प्रतिगमनतिर जान सक्ने बताएका हु्न् ।

बुधबार जनकपुरधामस्थित सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निर्माण एवं परिसर सुधार कार्य शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

Sponsored

संविधानलाई कसरी जोगाउने भन्ने जिम्मेवारी जनताकै काँधमा रहेको भन्दै उनले संविधान जोगाउन सबै सचेत हुनुपर्ने बताए ।

संसदबाट दुई पटक पारित भएर प्रमाणीकरणका लागि पठाइको विधेयक पारित नगरेर राष्ट्रपतिले संविधानकै उल्लंघन गरेको पूर्व राष्ट्रपति यादवको भनाइ थियो ।

प्रधानमन्त्रीबाट दुई दुई पटक सदन विघटन भएपछि अदालत, नागरिक समाज, दल तथा सबै नेपालीका कारण संविघान ट्राकमा आएको समय फेरि राष्ट्रपतिको कदमले लोकतन्त्रणमा कालो बादल मडराएको उनले भने ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *