TodayPati

पाँचदलीय गठबन्धनमा धनुषा क्षेत्र नं. १ र ४ को भागवण्डा सहमति नजिक

टुडेपाटी-
जनकपुरधाम, असोज ४ गते ।

पाँचदलीय गठबन्धनमा धनुषाको दुईवटा प्रतिनिधिसभा क्षेत्रको भागवण्डा लगभग टुंगिएको छ । क्षेत्र नं. १ नेकपा माओवादी केन्द्र र क्षेत्र नं. ४ नेपाली काँग्रेसको भागमा पर्ने गरि गठबन्धन भित्र फाइनल जस्तै भएको नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य सत्रुधन महतोले बताए ।

‘प्रतिनिधिसभा क्षेत्र नं. १ र ४ को फाइनल जस्त‌ै टुंगो लागिसकेको छु अन्य क्षेत्र नं. २ र ३ टुंगो लगाउन बाँकी छ । छलफल चल्दैछ’ मधेश प्रदेशका वन उद्योग पर्यटन मन्त्री समेत रहेका महतोले भने ।

Sponsored

उनका अनुसार क्षेत्र नं.४ अन्तर्गत पर्ने प्रदेशसभा क्षेत्र (क) र (ख) को पनि लगभग टुंगो लागिसकेको छ । प्रतिनिधिसभामा काँग्रेसको भागमा पर्ने सो क्षेत्रको प्रदेशसभा क्षेत्र (क) मा जनता समाजवादी पार्टी (जसपा) र (ख) मा एकीकृत समाजवादीलाई दिने गरी सहमति नजिक रहेको मन्त्री महतोले बताए ।

धनुषा क्षेत्र नं. १ बाट गठबन्धन भित्रका दल माओवादी केन्द्रका उपमहासचिव मातृका प्रसाद यादव निश्चि जस्तै उम्मेदवार छन् । उनी सोही क्षेत्रबाट २०७४ को निर्वाचनमा निर्वाचित भएका थिए ।

धनुषा क्षेत्र नं. ४ बाट काँग्रेसका सह महामन्त्री महेन्द्र यादव पनि पक्कापक्की उम्मेदवार नै हुन् । २०७४ को निर्वाचनमा उनी एमाले नेता रघुवीर महासेठसंग पराजित भएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *