हत्या आरोपका अभियुक्तलाई प्रबल जनसेवाश्री पदक
टुडेपाटी–
जनकपुरधाम, असोज ४ गते ।
संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा काम गरेका व्यक्तिहरुलाई विभिन्न पदक दिन सिफारिस गरेकी हुन् । तर उनले उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका व्यक्तिलाई संविधान दिवसको अवसरमा प्रबल जनसेवाश्रीबाट सम्मान गर्न नाम सिफारिस गरेकी छन् ।
मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न रहेको आरोपमा उच्च अदालत जनकपुरले लक्ष्मी महतोलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश अहादेश दिएको थियो । तर संविधान दिवसको अवसरमा उनको नाम प्रबल जनसेवाश्रीबाट सम्मान गर्न सिफारिस भएको छ ।
उच्च अदालतको आदेशअनुसार थुनामा बस्नुपर्नेमा लक्ष्मी महतो अदालतको सम्पर्कमा नआएको जिल्ला अदालत महोत्तरीका श्रेस्तेदार मदन जयसवालले बताए । जिल्ला अदालतको आदेशअनुसार १ लाख धरौटी राखेर तारेखमा रहेका महतो उच्च अदालतको आदेशपछि तारेख तोडेर अदालतको सम्पर्कमा नआएर फरार सूचीमा रहेका महतोलाई सम्मान गर्न नाम सिफारिस गरेको हो ।