TodayPati

नवौ राष्ट्रिय खेलकुदका लागि कुस्तीमा मधेश प्रदेशबाट १५ जना छनोट

टुडेपाटी–
जनकपुरधाम, असोज ४ गते ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि कुस्तीमा मधेस प्रदेशबाट पाँच महिलासहित १५ जना छनोट भएका छन् ।

मंगलवार जनकपुरधाम स्थित कवर्ड हलमा भएको फाइनल खेलमा विभिन्न तौल समूहमा १५ जना खेलाडी छनोट भएका हुन् ।
छनोट हुनेमा ५७ केजीमा बाराका अमरेन्द्र यादव, ६१ केजीमा अमरेश कुमार यादव, ६५ केजीमा अर्जुन कुमार साह, ७४ केजीमा मुक्तार आलम, ७९ केजीमा बुनिलाल राउत र १२५ केजीमा राज यादव रहेका छन् ।

Sponsored

यस्तै ७० केजीमा पर्साका मनोज यादव, ८६ केजीमा लाल बहादुर यादव, ९२ केजीमा अवधेश यादव र ९७ केजीमा राजेश यादव छनोट भएका हुन् ।

यस्तै महिलातर्फ पाँच वटा तौल समूहको खेलाडी छनौट भएको छ । ५० केजी तौल समूहमा बाराकी गिता यादव, ५३ मा पर्साकी मधुकुमारी, ५५ मा बाराी प्रमिला, ५७ मा बाराकै किरण यादव र ६२ केजीमा पर्साकी निलम कुमारी छनौट भएको छ । भदौ २ गतेदेखि प्रतियोगिता जारी थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *