वीरगञ्ज नाकामा १ हजार ७ सय नयाँ गाडी अलपत्र
टुडेपाटी–
वीरगञ्ज, असोज ४ गते ।
विभिन्न मुलुकबाद नेपाल भित्रिने तयारीमा रहेका करिब एक हजार सात सय बढी नयाँ साना ठूला सवारीसाधन वीरगञ्ज नाकामा अलपत्र परेका छन्।
अलपत्र परेका चारपाङ्ग्रे सवारीमध्ये पाँच सय ७२ वटा जीप, कार तथा भ्यान छन्। यस्तै, ठूला सवारी एक हजार एक सय ४६ वटा बस, ट्रक, टिपर र मिनीट्रक रहेका छन्।
यी सबै सवारीसाधनको नेपाली बजारमा न्यूनतम २० लाखदेखि करोडसम्मका रहेका छन्।
गत फागुन महिनादेखि एकीकृत जाँच चौकी परिसरमा यी सवारीसाधन रोकिएका हुन्।
बैंक तथा वित्तीय संस्थाले साना तथा ठूला सवारीसाधनमा कर्जा प्रवाहमा कमी ल्याएपछि नयाँ सवारीसाधन बिक्रीमा कमीसँगै नेपाल भित्रिने तयारी रहेका साना ठूला सवारीसाधन विभिन्न नाकामा अलपत्र अवस्थामा रहेका छन्।
Sponsored