TodayPati

नेपाल चिकित्सक संघ जनकपुरमा डा.रामजी यादवको प्यानल विजयी

टुडेपाटी-
जनकपुरधाम, असोज ४ गते ।

नेपाल चिकित्सक संघ जनकपुर अञ्चल शाखाको अध्यक्षमा डा. रामजी यादव प्यानलसहित विजयी भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा यादवले २९७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी ठाकुर मात्र १३७ मतमा सिमित भए । ठाकुर प्यानलसहित पराजित भएका हुन् ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा डा.रामेश्वर महासेठ ३११ मत ल्याएर विजयी भए भने उनकाट निकटतम प्रतिद्वन्दीडा.पंकज प्रताप देव ११६ मात्र प्राप्त गरे ।
यस्तै महासचिवमा डा.राम ज्ञान यादव २९८ मत ल्याएर विजयी भएका छन् । महासचिवका अर्का उम्मेदवार डा.अबधेस कान्त झा मात्र १३३ मत प्राप्त गर्न सफल भएका छन् । कोषाध्यक्षमा डा.राजेश कुमार शाह २५० मतसहित विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी डा. निरन्जन गोइत १६९ मत प्राप्त गरेका छन् ।

Sponsored

यस्तै सदस्यहरुमा बिभाश गोइत, बिपिन कुमार यादव, देवनारायण साह, रबि रन्जन प्रधान, ऋषिकेश प्रताप साह र बिजय कुमार साह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

धनुषा, महोत्तरी, सर्लाही र सिन्धुलसहित चार जिल्लाको चिकित्सकहरुको संगठन जनकपुर चिकित्सक संघमा जम्मा ६ सय मतदाता छन् । चुनावमा ४५९ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

नयाँ कार्य समितिको १३ पदका लागि भएको निर्वाचनमा २६ जनाको उम्मेदवार परेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *