धनुषा क्षेत्र नं. २ बाट `मास्टर साहेब´ले उम्मेदवारी दिने
टुडेपाटी-
जनकपुरधाम, असोज ४ गते ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि धनुषा क्षेत्र नं. २ बाट कारी यादव (मास्टर साहेब)ले उम्मेदवारी घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनको आयोजना गर्दै उनले मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा आफु प्रतिनिधिसभा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिन लागेको बताए ।
२०२५ साल देखि मा.वि. स्तरमा प्रथम श्रेणीको शिक्षक भई शिक्षण काम गर्दै २०७० सालमा प्रधानाध्यापकको पदबाट अवकाश प्राप्त गरेका यादवले भने, `कमिशनखोर, भ्रष्टाचार र कुशासन तथा धर्म निरपेक्ष विरुद्ध गाउँदेखि सदनसम्म आवाज उठाउन म उम्मेदवारी दिन लागेको छु ।´
मास्टर साहेबले वर्तमान अवस्थामा देशमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, धार्मिक एवं सामाजिक अवस्था चिन्ताजनक रहेको, कल कारखाना बन्द भएको, शिक्षा स्वास्थ्यमा व्यापारिकरण भएकाले निर्वाचित भए आवाज उठाउने बताए ।
Sponsored