मधेश प्रदेश लोकसेवा आयोगको परीक्षा भद्रगोल
टुडेपाटी-
जनकपुरधाम, असोज ४ गते ।
लोकसेवा आयोगको परीक्षा आफैमा संवेदनशील हुन्छ । जहाँबाट छनोट भएर निजामती सेवामा प्रवेश भइन्छ । केन्द्रको हकमा लोकसेवा आयोगको अभ्यास पूरानो छ । तर, संघीय प्रणालीमा देश गएपछि प्रदेशको लागि यो बिलकुलै नयाँ अभ्यास भइरहेको छ । परीक्षा, ब्यवस्थित, मर्यादित हुनु पर्छ । तर, मधेश प्रदेश लोकसेवा आयोगले लिने गरेको परीका भद्रगोल देखिएको छ ।
प्रदेश लोकसेवा आयोगले लिएको सहायक पाँचौ र चौथो तहको परीक्षामा भद्रगोल अवस्था देखिएको त्यहा खटिएका कर्मचारीहरुले बताएका छन् ।
प्रशासन तर्फका सहायक चौथो तहको २१२ पदको लागि लिएको परीक्षाको लागि ८ हजार ४५२ जनाले दर्खास्त दिएका थिए । सोमबार जनकपुरको ४१ वटा परीक्षा केन्द्रमा परीक्षा लिइएको छ ।
लोक सेवा आयोगबाट प्रश्नपत्र सिलबन्दी भइ परीक्षा केन्द्रमा पुग्नु पर्नेमा केही केन्द्रमा खुला रुपमा पुगेको र सिल फुटेको पाइएको परीक्षा केन्द्रमा खटेका कर्मचारीहरुले बताएका छन् ।
प्रश्न(पत्र ब्याण्डलमा ९ए० ९बी० र ९सी० समूहको छुट्टाछुट्टै हनु पर्नेमा परीका केन्द्रमा मिसाएरै पुर्याउने गरिएको छ ।
गत शनिबार लिएको सहायक पाँचौ तहको परीक्षामा समेत यस्तै व्यतिथि देखिएको राराब क्याम्स परीक्षा केन्द्रमा खटेका अर्का कर्मचारीले बताए
ुप्रश्नपत्र प्याकिङ गर्दा
मापदण्ड पुरा गरेको छैन । निजामति अनुभवी कर्मचारी गार्डको रुपमा खटाउनु पर्नेमा निजी विद्यालयका शिक्षक, एनजिओ आइएनजिओका कर्मचारी र पहुँचको भरमा जथाभावी व्यक्तिलाई खटाएको देखियोु परीक्षामा खटेका अर्का कर्मचारीले भने ।
Sponsored
त्यति मात्र होइन परीक्षा समाप्त भएपछि प्रहरीको साथमा उत्तर पुस्तिका सुरक्षित सम्बन्धित निकायमा पुर्याउनु पर्नेमा त्यसो नगरी कर्मचारी आफै एकलै लिएर जाने गरेका छन् ।
यसरी अव्यवस्थित रुपमा लोक सेवा आयोगको परीक्षा लिँदा दक्ष क्षमतावान व्यक्ति छाँटिने र अदक्ष व्यक्ति पास हुने सम्भावना प्रवल रहेको धनुषा साइन्स क्याम्पसमा गार्डमा खटिएका एक कर्मचारीको भनाइ छ ।
सिलबन्दीमा प्रयोग हुने सिल ९लाहा० गुणस्तरहीन भएकोले यस्तो समस्या आएको प्रदेश लोकसेवा आयोगका सदस्य महारुद्र झाले बताए ।
सिलबन्दी सबैमा थियो । प्रश्नपत्र पठाउँन सिलबन्दी गर्ने बेला सिल ९लाहा० त्यसबाट उप्किन्छ । हामी त्यसलाई चेन्ज गरेका छौुं सदस्य झाले भने ु सिल जनकपुरमै किनिएको थियो। त्यो ल्याउँदा पनि हामीले महसुस गरेका थियौं । प्रश्नपत्र पठाएर हामीले यस विषयमा आन्तरिक छलफ गर्यौं यो टुट्छ किन भनेर ।ु
परीक्षामा निजामती सेवाका कर्मचारीलाई खटाउन जनशक्ति अभाव भएका कारण अन्य क्षेत्रबाट पनि गार्डको रुपमा खटाएको उनको भनाइ छ ।
परीक्षा केन्द्रबाट प्रश्नपत्र सुरक्षित रुपमा आयोगमा आइसकेको र प्रश्नपत्र कतै आउट नहुनुलाई सफल नै मान्नु पर्ने उनको तर्क छ । परीक्षामा हुने कमीकमजोरीलाई भोलीको दिनमा अझ प्यवस्थित बनाउने सदस्य झाले बताए ।