TodayPati

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरे मंगलबारदेखि आन्दोलन गर्ने लोसपाको चेतावनी

टुडेपाटी–
जनकपुरधाम, असोज ३ गते ।

देशभर संविधान दिवस मनाइरहँदा मधेश प्रदेशमा भने कालो दिवस मनाइएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले वर्तमान संविधानप्रति असंतुष्टि जनाउँदै जनकपुरधाममा कालो दिवस मनाएको छ । पार्टी कार्यालयबाट निस्केको जुलश जनकपुरधामको जनक चौकमा पुगेका थिए ।

Sponsored

जनकचौकमा कोणसभामा बोल्दै लोसपाका धनुषा अध्यक्ष परमेश्वर साहले राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रातिसम्म नागरिकता विधेयक प्रमाणिकरण नगरे आन्दोलन गर्ने चेनावनी दिए । उनले आफुहरु नागरिकता विधेयक प्रमाणिकरण नभए असोज ५ गतेदेखि राष्ट्रपति र वर्तमान सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

यस्तै उनले वर्तमान संविधान सबैको मान्ने संविधान नभएसम्म आफुहरु कालो दिवस मनाइरहने बताए । अहिलेको संविधानलाई जारी गर्नेहरु देखि लिएर राष्ट्रपतिसम्मले नमानेको बताए ।

२०७२ मा नेपालको वर्तमान संविधान जारी हुँदा देशभर दिपावली मनाइएको थियो भने मधेशमा कालो दिवसको रुपमा मनाइएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *