आजदेखि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया सुरु
टुडेपाटी–
काठमाडौँ, असोज २ गते ।
आगमी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आइतवारदेखि प्रक्रिया सुरु भएको छ ।
राजनीतिक दलहरूले आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ।
शनिबार संसदको कार्यकाल सकिएसँगै समानुपातिकतर्फको मनोनयन हुन लागेको हो।
निर्वाचन आयोगका अनुसार दलहरूले समानुपातिकतर्फको बन्दसूची असोज ३ गतेभित्र बुझाइसक्नुपर्नेछ ।
प्रत्यक्षतर्फको मनोनयन असोज २३ गतेदेखि सुरु हुनेछ ।
Sponsored