भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
टुडेपाटी–
काठमाडौँ, भदौ ३१ गते ।
नेपालमा फेरि पेट्रोलिय पदार्थको मूल्य घटेर आएको छ ।
भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ दर रेट अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेको हो ।
नयाँ मूल्य अनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको छ । भने डिजेलको मूल्य प्रतिलिटर ४२ पैसामात्र घटेको छ ।
हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँ घटेको निगमले जनाकारी दिएको छ ।
मूल्य घटेर आउदाँ पनि निगम अहिले मासिक १७ करोड घाटामा रहेको निगमले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने बारेमा भने निर्णय भएको छैन ।
Sponsored
यस अघि तीन पटक पेट्रोलिय पदार्थको मूल्य घटेर आएपनि नेपालमा पेट्रोलिय पदार्थको मूल्य घटेको थिएन् तर अन्तिम पटक बढेर आउँदा नेपालमा मूल्य बढेको थियो ।