संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस
टुडेपाटी–
काठमाडौँ, भदौ ३१ गते ।
असोज १ गते राति १२ बजेबाट सरकारले संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले भोलि राती १२ बजेपछि संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ जानकारी दिए ।
यसैबीच प्रतिनिधिसभाको अन्तिम बैठक भोलि शनिबार बस्दैछ । शनिबार अन्तिम बैठक बसेर सांसदहरुलाई सचिवालयले भोजसहित विदाई गर्ने संसदको तयारी छ ।
Sponsored