मधेश प्रदेश : स्कुल बन्दगरेर एमालेको पार्टी प्रवेश कार्यक्रमको आयोजना
टुडेपाटी-
सिरहा, भदौ ३१ गते ।
सिराहामा नेकपा एमालेले विद्यालयको पठनपाठन ठप्प पारेर पार्टी प्रवेशको कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली समेत उपस्थित छन् ।
सिरहाको गोलबजार–८ मा अवस्थित जनता नमूना माध्यमिक विद्यालयको पठनपाठन ठप्प गरी ओलीको कार्यक्रम गरिएको हो ।
कक्षा १२ सम्म कक्षा सञ्चालन भइरहेको यस विद्यालय परिसरमा शुक्रवार नेकपा एमाले जिल्ला कमिटीले पार्टी प्रवेश तथा आमसभा आयोजना गरेको छ ।
जसका कारण यस विद्यालयमा अध्ययनरत विद्यार्थी शुक्रवार पठनपाठनबाट वञ्चित भएका छन् ।
Sponsored
विद्यालय बन्द गरिएकोबारे व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकले कुनै प्रतिक्रिया दिन चाहेका छैनन् ।