व्यक्तिगत स्वार्थ पुरा गर्न नेताहरुलाई सिद्धयाउ पार्टी भित्रैका नेताबाट षड्यन्त्र भइरहेको कांग्रेस नेता घिमिरेका आरोप
टुडेपाटी–
जनकपुरधाम, भदौ २८ गते ।
नेपाली कांग्रेसका नेता प्रफुल घिमिरेले धनुषामा केही नेताले व्यक्तिगत स्वार्थ पुरा गर्नका लागि पार्टीलाई नै सिद्धयाउने काम गरिरहेको आरोप लगाएका हुन् ।
सामजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै उनले केन्द्रीय राजनीतिमा उदाउन पुगेका धनुषाका केही नेता व्यक्तिगत स्वार्थ पुरा गर्नका लागि पार्टीका कतिपय नेतालाई सिध्याउने, निष्क्रिय गर्दै विस्थापित गर्ने तथा अन्य पार्टीमा जान बाध्य गर्ने जस्ता क्रियाकलाप गरिरहेको आरोप लगाएका हुन् ।
प्रजातन्त्र, लोकतन्त्र एंव गणतन्त्र प्राप्तिका आन्दोलनहरुमा दुःख–यातना, कष्टहरु झेल्दै आफ्ना जिवनका अमूल्य समयहरु सुम्पेका धनुषा कांग्रेसका नेताहरु संगठन छोड्न बाध्य भएको सूची पनि बढ्दै गएको लेखेका हुन् ।
उनले आफ्नो स्टाट्समा लेखेका छन्, ‘सिध्याएका, निष्क्रिय पारिएका, बिस्थापित गरिएका तथा संगठन छोडन बाध्य पारिएकाहरुको सुची लामै रहेका छन् । अरु राजनीति दलमा जान बाध्य पारिएका सहिद दुर्गानन्द झाकी श्रीमती काशी देवि झा, बृषेस चन्द्र लाल, लाल किशोर साह, दिपक कार्की, श्याम यादव, प्रमेश्वर साह, उमा शंकर अडगडिया, सञ्जय साह, श्यामलाल महत्तो, निर्मल चौधरी, जय कुमार यादव लगायत थुप्रै थुप्रो रहेका छन् ।’
नेता घिमिरेले बिस्थापित गरिएका गराइएकाहरु सुची गनाएर साध्य नरहेको भन्दै अगाडि लेखेका छन्, ‘समीर घिमिरे, पुरुषोत्तम ढुगेंल, मनोहर खाती, अजय पौडेल, केशव ढुगेंल, उत्तम कार्की, बिष्णु दहाल, राजेस निरौला, बेबि केसी, उषा कार्की, बबन कर्न लगायतका अन्य धेरै धेरै रहेका छन् । निष्क्रिय बनाइएकाहरु युवराज खाती, ललन चौधरी, प्रेम चन्द्र कण्ठ (रतन ), रमन कर्ण, राम भरत साह, धर्मेन्द्र झा, भुप नारायण यादव, नेबि नदाफ, कलाधर झा, श्रीकृष्ण साह, सुशील घिमिरे, श्याम चन्द्र यादव लगायत थुप्रैको सुचीमा अब नयाँ नयाँ नाउँहरु पनि थपिने क्रम जारी रहेको छ।’
नेता घिमिरेले अहिलेपनि समय रहेकाले समयमै नेतृत्व वर्ग सुझबुझका साथ निर्णय लिने आशा आम कार्यकर्ताका आशा रहेको बताए ।
Sponsored
उनले नेतृत्वहरुले संगठनलाई अर्थोपार्जनका माध्यम बनाएर हैकमबादी प्रवृत्तिले स्थानीय निर्वाचन देखि लिएर प्रदेश र प्रतिनिधिसभा सम्मका सिटहरु बेच बिखन गर्दै सिफारिस गर्न लगाउँदै आएको आरेप समेत लगाए ।
सोमबार मात्र नेपाली कांग्रेस धनुषका पूर्व उपसभापति संतोष यादवसहित कांग्रेसका सयौँ नेता पार्टी प्रति असंतुष्टि जनाउँदै नेकपा एमाले प्रवेश गरेका हुन् ।