राष्ट्रपतिद्वारा यी पाँच वटा विधेयक प्रमाणीकरण
टुडेपाटी–
काठमाडौँ, भदौ २८ गते ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित भएक्रु आएको विभिन्न पाँच वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।
राष्ट्रपति भण्डारीले संघीय सदनका दुबै सदनबाट पारित भइ प्रमाणीकरणका लागि पेश भएका पाँच वटा विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति भण्डारीले तथ्यांकसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पद धारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन्।
उनले नागरिकता विधेयक भने प्रमाणिकरण गरेका छैनन् ।
Sponsored