एमाले कुनै दलसँग गठबन्धन गर्दैन्, तालमेल गर्न सक्छ : केपी ओली
टुडेपाटी–
जनकपुरधाम, भदौ २७ गते । ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमाले कुनै पनि दलसंग गठबन्धन नगरेपनि तालमेल गर्न सक्ने बताएका छन् ।
जनकपुरधाममा सोमबार आयोजित नेकपा एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने बताएका हुन् । यद्यपी उनले आवश्यकता अनुसार तालमेल हुन सक्ने बताए ।
‘आफ्नै खुट्टामा उभन नसक्ने अनि सहारा लगाउने पार्टी होइन् एमाले । एमाले आफ्नै खुट्टामा उभन् सक्छ र आफ्नै नीतिमा चल्छ, आफ्नो उदेश्यमा चल्छ । जनताको साथ लिएर आफ्नै मुद्दामा चल्छ’, उनले भने ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘हामीले कहिलेकाँही कुनै कुनै पार्टीको रेस्क्यु गरिदुनुपर्छ लोकतन्त्रमा । तालमेल हुन सक्ला तर गठबन्धन हुन सक्दैन् । यो अपवित्र कुरा हो । सिद्धान्तहिन, नीतिहिन, गन्तव्यहिन, बाटोहिन त्यस्तो गठबन्धन एमालेले नगर्ने हो ।’
Sponsored