एक हातमा सिन्दुर र अर्को हातमा नागरिकता सम्भव छैन : रघुवीर महासेठ
टुडेपाटी–
जनकपुरधाम, भदौ २७ गते ।
नेकपा एमालेका सचिव रघुवीर महासेठले एक हातमा सिन्दुर र अर्को हाथमा नागरिकता दिन सम्भव नभएको बताएका छन् ।
सोमबार नेकपा एमालेले जनकपुरधाममा आयोजना गरेको आम सभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नागरिकता विधेयकबारे विभिन्न भ्रम फैलाइएको बताए ।
उनले नेपाली नागरिकले नागरिकता पाउनुपर्नेमा एमालेले सकारात्मक रहेको बताए । यद्यपि केही बुँदा संशोधन गर्नुपर्ने उनको भनाइ छ ।
मधेस प्रदेशमा ०७४ मा एमाले पाँचौँ स्थान भएको भन्दै उनले अब एक नम्बर पुग्ने विश्वास गरे । महासेठले एमालेले मधेशमा अबको निर्वाचनमा १० वटा सिटमा जित्ने दाबी गरे ।
Sponsored