जनकपुरधाममा केपी ओलीलाई कालो झण्डा देखाउन खोज्ने ११ जना पक्राउ
टुडेपाटी-
जनकपुरधाम, भदौ २७ गते ।
नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरधाममा कालो झण्डा देखाउन खोज्ने ११ जना पक्राउ परेका छन् ।
जनकपुरधाममा आयोजित एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आउने बेलामा कालो झण्डा देखाउने तयारी गरेका युवालाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
नागरिकता विधेयकमा ओलीले असन्तुष्टि जनाएको भन्दै कालो झण्डा देखाउने योजना बनाइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।